होटल सञ्चालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ

69

रौतहट, २१ चैत । सर्लाही प्रहरीले होटल सञ्चालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

आफूलाई नेपाल प्रहरीको ब्युरोको इन्सपेक्टर हुँ भनेर होटल सञ्चालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलंगवा नगरपालिका वडा नम्बर १० स्थितमा रहेको साहारा गेष्ट हाउसका सञ्चालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल सञ्चालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जारी गरेको प्रेस नोटमा पक्राउ परेका खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको र उनको शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मो ३ पत्ता २४ वटा ट्याबलेट फेला परेको उल्लेख गरेको छ ।

पक्राउ परेका खरेललाई प्रहरी हिरासतमा राखेर अवश्यक अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...