सुनचाँदीको मूल्य घट्यो

22

काठमाडौँ, १० चैत । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको सुन ९०० सयले घटेर प्रतितोला एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर आज चाँदी एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...