पोखरा, १० चैत । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारदेखि सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुने छन् ।
महोत्सवको उद्घाटन पश्चात कलाकार दिया मास्केले नाटक नेपालमा लोकप्रिय हुँदै गएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपालमा नाटक लोकप्रिय छ, युवा पुस्ताहरु धेरै नै आकर्षित भएका छन् । दर्शनहरुमा पनि पुरानो पुस्ताभन्दा नयाँ पुस्ता देखिएको नेपालमा नै होला । यसले सकरात्मक प्रभाव परेको छ ।’ उहाँले नाटकप्रेमीहरुलाई नाटक नछुट्टाउन आग्रह गर्नुभयो ।
यस्तै, पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरालाई नाट्यघरको आवश्यता रहेको र नाटक महोत्सवबाट पर्यटन व्यवसायलाई टेवा पुग्ने पनि बताउनुभयो । उहाँले चीन, ट्युनिसिया, नर्वे, जापानका नाटक देखाइनुका साथै विभिन्न विषयमा संवाद कार्यक्रमले पर्यटन वर्षलाई सघाउने बताउनुभयो ।