अखिल क्रान्तिकारीको पक्षमा लहर देखियो : प्रचण्ड

61

काठमाडौँ, ७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताउनुभएको छ ।

बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताउनुभयो ।

‘कयौँ क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवम् बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ,’ उहाँले लेख्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...