प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त आइजिपी थापा

41

काठमाडौँ, ५ चैत । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औँ आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

३०औँ महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि बिदा भइसक्नुभएको छ । थापाले आजैदेखि कार्यभार सम्हाल्नु हुने छ ।

कार्यभार सम्हाल्दै नवनियुक्त आइजिपी दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताउजुभएको छ । उहाँले प्रहरीभित्रको सुधार आफैँबाट सुरू गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन ।’

साथै उहाँले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...