सांसद अमरेशकुमारको प्रश्न- ‘पूर्वविशिष्टहरु पदमा हुँदा पनि लुट्ने, रिटायर्ड भएपछि पनि लुट्ने ?’

14

काठमाडौँ, ३ चैत । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले मधेशी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ । त्यहाँ पनि तीन नम्बरकोे मान्छेलाई गरियो । सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए । मधेशी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ ? मधेशी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’

साथै, सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उहाँले विरोध गर्नुभयो । उहाँले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठुला–ठुला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइडवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...