सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ : चन्दा भण्डारी

15

काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै उहाँले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देशमा भ्रष्टाचारले जडा गाडेको गाडेइ छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खेप्न परेको छ । जनता महँगी बेरोजगारीको मारमा छन् । सरकार कहाँ छ त ? जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ ।’

त्यस्तै, उहाँले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताउनुभयो ।

राजावादीको आन्दोलनमा जनता राजा फर्काउन नभइ सरकारकै अर्कमण्यता र भ्रष्टाचारले निराशा र दिक्क भएर निस्किएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ । सडकमा जनता राजा फर्काउन होइन । सरकारकै अर्कमण्यता, भ्रष्टाचारले निराशा र दिक्क भएर सडकमा निस्किएका हुन् ।’

Share This:
सम्बन्धित खबर
Loading...