दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरू

18

काठमाडौँ, २ चैत । नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र प्याकेजिङको सुरुवात गरेको छ ।

एसोसिएसनले सुरु गरेको मोही अभियान सार्थक रुपमा सफल भइ देशभर प्याकेजिङ भइरहेको अवस्थामा आज (शनिबार) पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारबाट लेबलिङ र प्याकेजिङ सुरु गरेको हो ।

सोही क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्छ भनेर अभियान सुरु गरेको जानकारी दिनुभयो । उहाँले मोही उत्पादन र व्यापार राम्रो भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मोही अभियान दुई वर्षका लागि सम्झौता गरेर ‘निःशुल्क मोही खुवाउने ठेकीमा पारेर’ भन्ने अभियान सुरु गरेका थियौँ । डेढ वर्षको समयमा देशभर लगभग १३ वटा डेरीहरुले यसरी लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारमा मोही पुर्‍याइरहेका छन् । यसले मोही बनाउने घरमा पाहुनाहरुलाई मोहीले स्वागत गर्ने मौलिक परम्परा बचाउने काम गर्छ । पछिल्लो समय अन्य वस्तुहरुले यसको ठाउँ लिएको थियो । त्यसकारण पनि निःशुल्क मोही दिएर यसको प्रचारप्रसार गरेको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...