जनकपुरबाट लहान जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २० जना बढी घाइते

18

जनकपुर, १ चैत । जनकपुरबाट लहान जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।

शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ । यद्यपि, घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए । अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...