होलीको रंगले स्वासप्रस्वासमा समेत असर गर्न सक्छ : डा.अमृता श्रेष्ठ

24

काठमाडौँ, २९ फागुन । रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्‌भावनाले मनाउने परम्परा छ । तर, रङहरुसँग खेलिरहँदा आफ्नो स्वास्थ्यको ख्याल राख्नु महत्त्वपूर्ण मानिन्छ । जथाभावी रंगहरु लगाउने प्रवृतिले छालामा विभिन्न किसिमका समस्याहरु देखिने हुनाले विषेश ध्यान दिएर मात्र होली खेल्न छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले सुझाव दिनुभएको छ ।

नेपाल न्यूजसँग कुरा गर्नुहुँदै उहाँले होलीमा खेलिने रङहरुले छालामा एलर्जी गराउने, चिलाउने मात्र नभएर स्वासप्रस्वाससम्बन्धी समस्यासम्म देखिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘होलीमा खेलिने रङहरुले छालालाई ड्राइ गराउने, एलर्जी गराउन सक्छ । चिलाउने गर्छ । साथै यसले स्वासप्रस्वाससम्बन्धी समस्यासम्म पनि ल्याउन सक्छ । त्यसैगरी कपाल र नङमा पनि असर गर्छ । हामीले रङ पनि नेचुरल प्रयोग गर्नुपर्छ ।’

साथै उहाँले आज अरु दिनहरुमा भन्दा मोइच्जराइजर र सन प्रोटेक्सन क्रिम सन्सक्रिम बढी नै लगाउने, कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्ने कपालको असर नरोहस भनेर जरादेखि टुप्पोसम्म तेल लगाउने जस्तो कार्य गर्नुपर्ने उपायहरु बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आज मोइच्जराइजर र सन प्रोटेक्सन क्रम सन्सक्रिम अरु समयमा भन्दा अलिकति बढी नै लगाउनुपर्ने हुन्छ । कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्नुहोला । कपालको असर नरहोस् भनेर जरादेखि टुप्पोसम्म तेल लगाएर मात्रै रङ खेल्न सकिन्छ ।’

साथै डाक्टर श्रेष्ठले रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु होलीको अगाडि छालामा प्रयोग नगर्न आग्रह गर्नुभयो । यसो गर्दा छालालाई झनै ड्राई गराउने उहाँको भनाइछ । रंग लगाइसकेपछि जेन्टल क्लिनजरको प्रयोग गरेर छाला सफा गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु होलीको अगाडि छालामा प्रयोग नगरेको नै राम्रो हो । यसले गर्दा झन ड्राइ गराउँछ । फेसवासमा चाहिँ जेन्टल क्लिनजर प्रयोग गर्नुपर्ने छ,’ उहाँले भन्नुभयो ।

रमाइलोसँगै आफ्नो छाला जोगाएर रङ खेल्ने उपायहरू
१. खेल्न जानुअघि कपालको जरादेखि टुप्पोसम्म तेल लगाउने तथा लामो कपाल भए जुरो बनाउने

२. छालाको लागि शरीरभरि मोइस्चराइजर लगाउने साथै औँलाको च्याप, नङ, कानको पछाडि र आँखाको वरिपरि पनि याद गरेर लगाउनुहोला

३. घामबाट बच्न सन्सकृिन  लगाउने र पूरा बाहुले कपडा लगाउने

४. खेलिसकेपछि मज्जाले फिज आउने स्याम्पोले कपाल नुहाउने र अनिवार्य कन्डिसनर गर्ने

Share This:
सम्बन्धित खबर
Loading...