रौतहट, २० फागुन । बारा प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो १७० ग्राम ब्राउन सुगरसहित ३ भारतीय नागरिकलाइ पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा स्थितमा रहेको राज होटेलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, विहार राज्य मोफासिल सिवाना जिल्ला थाना सिवाना, चनौर ग्राम पञ्चायत वडा नम्बर १४ बस्ने वर्ष ३५ को गौतम कुश्वाहा, भारत, विहार राज्य पूर्व चम्पारण जिल्ला रमगढवा थाना, सिंहसिनी ग्राम पञ्चायत वडा नम्बर ७ बस्ने वर्ष ३० को रन्जन कुमार सिंह र सोही स्थानको वडा नम्बर १० बस्ने वर्ष ४० को संजिव कुमार राम रहेका छन् ।
लागु औषधसहित पक्राउ परेकाहरु आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।