काठमाडौँ, १८ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन)को राष्ट्रिय महाधिवेशन वीरगञ्जमा सकिएको छ । महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।
वीरगञ्जमा सकिएको महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सूर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी, कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ ।
यस्तै, उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेति, धर्मराज रेग्मी, डा नन्दन यादव चयन हुनुभएको छ ।
यसैगरी, महासचिव पदमा प्रताप बहादुर थापा र कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन हुनुभएको छ । त्यस्तै, कृष्णप्रसाद पौडेल, बम देव न्यौपाने उपमहासचिव पदमा चयन हुनुभएको छ । त्यस्तै, सहकोषध्यक्ष पदमा महेन्द्र पुन र शिवदत्त तिवारी चयन हुनुभएको छ ।
सचिव पदमा अलि महमद अँसारी, राजु रोकाया, राजु पाण्डे, बिक्रम ढुकुछु, प्रकाश गैरे, इन्द्र देव शाह, सन्त बहादुर तामाङ्ग, चुडामणी बुढाथोकी, श्याम बहादुर कुँवर, तेन्जी भोटिया निर्वाचित हुनुभएको छ ।
साथै, सदस्यको रूपमा रामप्रसाद अधिकारी, काशीनाथ कोइराला, रामप्रसाद पाण्डे, रविन प्रसाद पौडेल, चन्द्र नारायण मण्डल, राज कार्की, रामकृष्ण विक, मेतिबुल राइन, श्याम पाकी (कौनी), युवराज शाही, गायत्री राना, खेमराज कोइराला, सिता चौधरी, रामबाबुप्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोइरी, ई.विनय श्रेष्ठ, नरायणा प्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश अचार्य, जित बहादुर केसीलगायतका नाम पनि सदस्यको रूपमा चयन हुनुभएको छ ।