आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

12
  • आकांक्षा धामी

हरिराम रिमाल नेपालका सक्रिय आइटी व्यवसायी हुनुहुन्छ । विश्वभर सूचना प्रविधि एवम् आइटी क्षेत्रले अर्थतन्त्रमा उच्च भूमिका निर्वाह गरिरहेको सन्दर्भमा रिमालले पनि नेपालमा केही गर्ने उद्देश्यले देशभर सञ्जाल विस्तार गरिरहनुभएको छ । हरेक निकाय एवम् क्षेत्र आइटीमैत्री बन्दै गइरहेका बेला रिमालले विकटेक अफिस सिस्टम नामक आइटी कम्पनी स्थापना गरेर नेपालका दूरदराजलाई आइटीमा जोड्ने प्रयास गरिरहनुभएको छ । पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आइटीका अन्य क्षेत्रमा भइरहेको गतिविधिबारे नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

धेरै नेपालीहरु एआईबारे अनभिज्ञ नै छन् । वास्तवमा एआइ भनेको के हो, यसले कसरी काम गर्छ ?
एआईको सिम्बोलिक नामभित्र नै यसको परिभाषा लुकेको छ । आर्टिफिसियल इन्टिलिजेन्ट भन्ने शब्दबाटै यसको परिभाषा स्पष्ट हुन्छ । पहिला पहिला मान्छेहरुलाई साधनहरुले सघाउँदै आयो, कामलाई सहजता बनाउँदै ल्यायो । तर, त्यो ब्रेनको तहमा छिरेको थिएन । ब्रेनले गर्दा मान्छेलाई चाहिँ साधन भन्दा अब्बल बनाइरहेको थियो । जतिपनि स्रोत र साधनको विकास हुँदै गए पनि, टेक्नोलोजीको डेभलप भए पनि मान्छेको ब्रेन नै कन्ट्रोल गर्नका लागि सक्षम थिएनन् कि जस्तो लाग्छ । अहिले एआई भन्ने आएपछि मान्छेले ब्रेनले गर्ने काम पनि एआईले गर्न थाल्यो । मान्छेको ब्रेनले गर्ने चिन्तन, विश्लेषण, सूचनाहरुको भण्डारण गर्ने काम एआईले गर्ने भयो । जसलाई हामी यान्त्रिक मस्तिष्क पनि भन्छौँ ।

एआई अर्थात् कृतिम बौद्धिकता र मानव बौद्धिकतामा के फरक छ ?
पछिल्लो समय न्यूरो साइन्समा जति अध्ययन, अनुसन्धान भइरहेको छ त्यसमा मान्छेको ब्रेनमा चाहिँ ८६ अर्ब एउटा न्युरोनहरु हुन्छ जसले लटअफ सूचनाहरु २६ लाख टेराबाइट्स सूचनाहरु संग्रह गर्ने क्षमता मानिसको ब्रेनमा रहेको न्युरोनहरुले राख्छ । त्यो न्युरोनहरुको सव–पार्टिकल न्यूरोनहरु फेरि ८६ इन्टु एक हजार त्यति धेरै एउटा क्याल्कुलेटर अंकमा पनि नअटाउने स्टोरेज क्यापासिटी चाहिँ मान्छेको ब्रेनमा छ । यत्रो टेक्नोलोजीको डेभलप भइसक्दा न्यूरो साइन्टिस्टहरुले मुस्किलले २५ प्रतिशत जति मात्रै ब्रेनको बारेमा जानेको छौँ होला अर्थात् रिर्सच गर्‍यौँ होला । मान्छेको ब्रेनको रेन्डम स्टकचर छ । जसले काम गर्ने प्रोसेसमा चाहिँ अब यान्त्रिक अर्थात् कृतिम साधनले मानिसको ब्रेनको जसरी काम गर्न सक्छ । यसमा फरक के छ भने मान्छेको ब्रेनको लिमिटेसन छ । कृतिम बौद्धिकताको एरिया अर्थात् दायरा ठुलो छ । सूचना संग्रह गर्ने क्षेत्र ठुलो छ । जति धेरै सूचनाहरु पायो त्यसले त्यति धेरै एक्युरेसी बढ्दै जान्छ । मान्छेको ब्रेनको आफ्नो सीमितता छ । जुनबेला मानिसले साधन प्रयोग गर्दैन थियो त्यो समय बिहान उठेर पूर्वतिर हेर्नुभयो भने, घाम उदाइरहेको हुन्छ । बेलुका चाहिँ त्यो घाम पश्चिमतिर अस्ताउँछ । अब यसमा मान्छेको ब्रेनको क्यापासिटी के हो भने पृथ्वी घुम्छ भन्छन् तर मान्छेले त देख्दैन । फिल पनि गर्दैन । तर, हामीलाई फिल के हुन्छ भने सूर्य नै घुमिरहेको छ जस्तो हुन्छ । ब्रेनको सीमितता त्यो हो । तर, अब पछि साधन र टुल्सहरु प्रयोग गर्दै हेर्दा त्यस्तो देखिएन, पृथ्वी घुमिरहेको देखियो, सूर्य चाहिँ केन्द्रमा भएको देखियो । यो उदाहरणले पनि थाहा हुन्छ की मान्छेको ब्रेनको सीमितता । यस्ता खालको घटनालाई चाहिँ एआईले एक्जेक्टतर्फ लिएर जान्छ । यसमा एआई र मानिसको बौद्धिकतामा फरक छ ।

एआईले मिडिया सेक्टरमा कस्तो भूमिका खेल्छ, सकरात्मक या नकारात्मक ?
सुरुवाती कालमा भएको हुनाले भर्खर जन्मेको बच्चा चकचक गर्छ भनेकोजस्तो एआईले पनि गरिहरकेकै छ । एआई शिशु अवस्थामा भएकाले चकचके छ र धेरैतिर त्रास फैलाइरहेको छ । त्रासको सबैभन्दा ठुलो केन्द्र नै मिडिया हो जस्तो लाग्छ । किनभने टेक्नोलोजीको डेभलप हुनु अगाडि मिडिया यति धेरै बलियो थियो अब यसमा एआईका अल्गोरिद्धमहरु मिसिदा चाहिँ मिडिया अस्तित्वमाथि नै प्रश्न चिन्ह उठिरहेका छन् । डिजिटलराइजेसनमा जाँदखेरि नै मिडियाको औचित्य समाप्त भइसकेको थियो फ्रन्ट लाइन मिडियाहरुको । अब एआईसम्म आइपुग्दा चाहिँ अब मिडियाको दायरा एकदमै साँघुरो हुँदै गइरहेको छ । तर, सामाजिक सञ्जालहरुको र पछिल्लो समय टेक्नोलोजीमा भएको डेभलपमेन्टले पनि एउटा मिडियाको स्पेस जो हुन्छ, रिर्सच गर्ने, कुनै विषयवस्तुमा सबै एंगलबाट धारणाहरु बनाउने मिडिया स्पेसको काम एआईमा बाँकी नै छ । मिडियाहरुले एआईको एउटा कुरामा डराउनुपर्दैन त्यो चाहिँ यही हो । एआईले फेक समाचारहरु बनाउँछ, तर फेक हो कि सहि हो त्यो कुरा पनि एआईको मेकानिजममै आउँछ । प्रत्येक मान्छेको हातमा मोबाइल छ, प्रत्येक मान्छेले भिडियो खिच्न सक्छ, समाचार लेख्नको लागि च्याटजिपिटीलाई भन्न सक्छ, यस्तो खालको समाचार बनाइदेऊ भन्नसक्छ । त्यसैले यस्तो समयमा मिडियाको औचित्य चाहिँ समाजलाई पारदर्शी बनाउने, राज्यको चौथो अंगका साथै वाचडकको भूमिका निर्वाह गर्ने हो । अब प्रत्येक जनताले मोबाइल हात हातमा लिएर, मल्टिमिडिया लिएर राज्यको वाच डक भएर बसिरहेका छन् । सानो घटना घटे अहिले फ्रन्ट लाइन मिडियाभन्दा पहिले टिकटकमा आइसकेको हुन्छ । त्यसैले मिडियाले जे काम गरिरहेको थियो त्यसमा एआई बढ्दै जाने भएकाले मिडियामाथि र मिडियाको स्पेसलाई खुम्च्याउँदै लानसक्छ । औचित्य पूरै समाप्त चाहिँ गर्दैन ।

एआईको इतिहास र विकास कस्तो थियो ?
सन् १९४० तिर एआइको फस्ट कन्सेप्टमा आएको थियो । तर, त्यो मान्छेको तहमा थिएन । त्यसलाई एउटा इतिहासको रुपमा मात्रै हेर्ने हो । इन्टरनेट सञ्जालको पब्लिक भएपछि १९७० को दशकमा अप्टिकल फाइबरको जालोहरु जनतामाझ सार्वजनिक भयो । कम्प्युटरजन्य डिभाइसहरु विकास जब भयो तब त्यसमा आएका अवरोधहरुलाई चिर्दै जे जे कुराहरु आवश्यक पर्छ त्यो कुराहरुको विकास गर्दै १९८० को दशकमा सबै इन्डष्ट्रिहरुको विकास हुँदै गयो र एआई पनि तीनवटा चरणमा विकास हुँदै गयो । एउटा सुरुवाती विकासक्रम जो १९४० देखि १९९० सम्म । त्यसपछि १९९० बाट २०१० सम्म यसलाई डाटा भण्डारण स्टोरेज अर्थात् ओपन सोर्सहरुको एकदमै विकास भयो । फेसबुक यही समयमा आयो, ट्विटर अर्थात् एक्स पनि यही समयमा विकास भयो । टिकटक पनि यही समयमा आएको छ । युट्युब पनि यही समयमा आएको थियो । गुगलहरुको विभिन्न प्रडक्टहरु यही समयमा विकास भएका थिए । तेस्रो चरण भनेको २०१५ पछाडि अहिलेसम्मलाई लियौँ भने यसमा विशेषगरी स्टोरेज भएका डेटाहरुलाई आफू अनुकुलका परिणामहरु निकाल्ने रिसर्चहरुको काम भएको छ । च्याटजिपिटी जस्ता थुप्रै विविध क्षेत्रहरुमा एआईका अल्गोरिदमहरु आइरहेका छन् । जसले एआईका अल्गोरिदमहरुलाई एडभ गर्न सक्दैन । त्यो प्रोडक्ट चाहिँ धेरै समय सप्लाई गर्ने स्थितिमा रहँदैनन् । कुनै समय नोकिया पनि सबैको हात हातमा थियो तर अहिले नोकिया खोज्नका लागि धेरै नै संघर्ष गर्नुपर्छ । यस्ता ट्रेनहरु आउँदै गर्दा यो तीनवटा विकासक्रमको रुपमा तीनवटा क्षणहरुलाई अब उपलब्ध भएका डेटाहरुलाई टेक्निकल भाषामा मेसिन लर्निङ अर्थात् आफू अनुरुपको परिणाम निकाल्नका लागि ट्रेन गर्ने र च्याटजिपिटी, ओपन एआई र डिपसिक जस्ता प्रोडक्टहरुको चाहिँ तेस्रो चरणको विकासक्रम मान्न सकिन्छ । यसको त्रास बेलायतमा सुरुवात हुन्छ । र सिङ्गो युरोपभरि फैलिन्छ । त्यो बोलामा पनि काम गरिरहेका हजारौँ मजदुरहरु स्टिम इन्जिनले अनोमेसनको माध्यमबाट खोसेको थियो । कति केसहरु त मजदुरहरुले मेरो रोजगार खोस्यो भनेर मेसिनहरुमाथि नै आक्रमण गर्ने पनि भेटेका छौँ । त्यस्तो इतिहास पनि हामीले पढ्न पाउँछौँ ।

सबै काम एआईले गरे मानिसहरुको रोजगारी खोसिदिने, मानिसलाई क्रम गर्ने खतरा कतिको छ ?
एआई पनि अहिले सुरुवाती कालमा शिशु अवस्थामा छ । यसले मानिसहरुमा त्रास छरेको छ । कतिपय ठुल्ठूला लेखकहरु वा विद्वानहरुले किताब लेख्ने क्रममा एआईमाथि किताबहरु लेखिराखेका छन् । एआईले मान्छेलाई ओभरट्याक गरेर अगाडि जाने र मान्छेलाई नै सिध्याउने भन्ने चाहिँ हुँदैन । मान्छेको रोजगारी खोस्ने भन्ने दिन पनि आउँदैन । मान्छेलाई एआईले स्वतन्त्र श्रमतर्फ लिएर जान्छ भन्ने छ मेरो बुझाई । अहिलेसम्मको मेरो अध्ययनले र सँगसँगै प्रयोग गरिरहेकाले कामको लागि स्वतन्त्र बनाउँछ जस्तो लाग्छ । म कला, साहित्य मन पराउने मान्छे तर मैले आइटी क्षेत्र व्यवसायिक रुपमा रोज्नुपर्‍यो । आइटी सेक्टरमा बिजनेस गर्न पाउनु मेरो सौभाग्य हो । तर, विडम्बना चाहिँ के हो भने मेरो सपनाहरुको हत्या भइराखेको छ । तिनीहरु पछाडि परेको छ । कुरा यति चाहिँ हो मान्छेको श्रम खोस्ने काम एआईले गर्दैन ।

एआईबाट हामीले कसरी लाभ लिन सक्छौँ ?
आजभोलि टिकटकले लाभका बारे प्रष्ट पारिरहेको छ । म कतै बाहिर जाँदै छु भने लोकल खाना पाउने ठाउँ कहाँ छ भनेर हेर्छु । त्यो लोकल खानेकुरा पाउने ठाउँको पनि विज्ञापन हुन्छ । त्यहीँ पेसा सीमित मात्र हुन सक्थ्यो तर एआईले गर्दा पनि टेक्नोलोजीले त्यसको प्रचार गरेर व्यवसायमा मद्धत पुग्छ ।

तपाई लुकीलुकी गीत गाउनुहुन्थ्यो भने एआईले तपाईको प्रतिभालाई सबैसामु लिएर जान्छ । त्यसलाई मूल्यवान बनाउने गर्छ । अनलाइनको माध्यमबाट लुकेका प्रतिभा बाहिर आउँछन् । त्यसलाई एआईले एकदमै धेरै मद्धत गर्छ । त्यसरी मानिस रुचिको क्षेत्रमा जानको लागि सकिरहेको हुँदैन । तर, एआईले रुचीको क्षेत्रमा लिएर जान्छ । र त्यसरी नै ध्रुवीकृत हुँदै जान्छ जस्तो लाग्छ ।

एआईले गर्ने डाटा सुरक्षाका चुनौतीहरु के के छन् ?
डाटा सुरक्षा धेरै राज्य वा सरकारले जिम्मा लिने कुरा भयो । किनकी डाटाको व्यवसाय पनि हुने भण्डारण पनि हुने भएकाले नेपालमा पनि त्यस्तो कम्पनीहरु स्थापना भएका छन् । हामी आफैँले पनि यसमा भविष्य छ भनेर अध्ययन गरिराखेका छौँ । त्यो निश्चित अवधिमा हुने भएको हुनाले डाटाको सुरक्षाका लागि कुलेनमा वार भयो । निश्चित डेटा सेन्टरहरु त्यो वारबाट ध्वस्त भए । मूल्यवान चीजहरु गुमे । समुन्द्रमुनि डाटा सेन्टरहरु विकास गरिराखेको कम्पनीहरु पनि छन् । समुन्द्रमुनि भएकाले त्यो चाहिँ अलि सुरक्षित हुने भयो । र कुलिङको लागि बन्ने जुन शक्ति हुन्छ त्यो पनि अलिकति सस्तो मूल्यमा बन्छ । त्यो खालको विकासहरु भइरहेको छ । स्पेसको माध्यमबाट डेटाहरु मंगलग्रह चन्द्रमा मा अथवा कतै डेटा सेन्टर बनाउन सकिन्छ कि भनेर अध्यन गरिरहेको पनि छ । ठुलो मार्केटबाट एउटा डेटा सेन्टर बन्ने भएको हुनाले त्यसमा हाम्रा जस्ता सानासाना मुलुकहरुले डेटा सुरक्षाको चिन्ता लिनुभन्दा ठुला ठुला कम्पनीका क्लाउडहरु प्रयोग गरेर डाटा भण्डारण गर्न दिनेतर्फ पनि लाग्न सकिन्छ । यो एकदमै धेरै चुनौती त खासै केही हुँदैन । तर, एउटा चुनौती चाहिँ के हुन सक्छ भने यसले समाजलाई त खुला बनाउँछ नै व्यक्तिलाई पनि खुला बनाउँदै लिएर जान्छ र कतिपय सरकारको एवम व्यक्तिको सेन्सेटिभ सूचनाहरु बाहिर ल्याइदिन सक्छ । व्यक्तिगत गोपनीयताको हकको सुरक्षा कसरी गर्ने भनेर योजना बनाउनसक्छ ।

केही दिनअघि मात्र सरकारले ल्याएको एआई नीति मस्यौदाको बारेमा तपाईं के भन्नुहुन्छ ?
एआईले दुनियाँलाई यत्रो लपेटिसक्दा पनि हामी चुपचाप यो बारेमा अनविज्ञ भएर बस्नुभन्दा एउटा पोलिसीको सुरुवात भयो, यो राम्रो हो । कम्तिमा परिमार्जन गर्दै जाउला भन्ने दृष्टि राम्रो छ । एआईको पोलिसी बनाएर लागु गर्ने बेलामा एआईको प्रोसेसलाई फलो गरिएन जस्तो लाग्छ । किनकी सरकारले लगभग सात महिना अगाडि एउटा मस्यौदा ल्याएको थियो । पछि विज्ञहरुबाट राय सुझाव लिने समय चाहिँ एकदमै छोटो भयो, जम्मा सात दिनमा राय बुझाइसक्नुपर्ने थियो । सरकारलाई नै सात महिना लागेको मस्यौदा एउटा विज्ञले सात दिनमा कसरी दिने । नेपालमा फेरि डेटा प्रणालीहरु एकदम ध्वस्त छ । सरकारी सार्वजनिक हुनुपर्ने डेटाहरु पनि व्यवस्थित छैन । त्यसमा अध्ययन गर्न जे चिज, रिसर्चको लागि प्रयोग गर्ने टुल्सहरु व्यवस्थित छैन । धेरै सरकारी निकायको डेटाहरु भद्रगोल छ । साइटहरुमा नै आक्रमण हुन्छ । तर, कसले कसरी गर्‍यो नै थाहा हुन्न । यसमा अब एआईले दुनियालाई यत्रो लपेटिसक्दा पनि चुपचाप लागेर यो बारेमा अनविज्ञ भएर केही थाहा नै भएर जसरी बस्नुभन्दा एउटा पोलिसी त आयो । कम्तिमा पोलिसीको सुरुवात त भयो । फलामको अक्षर होइन, ढुङगाको अक्षर होइन समयक्रम अनुसार यसलाई परिमार्जन गर्दै जाउला भन्ने एउटा राम्रै मनसाय छ । सकरात्मक नै छ । एआईले जति धेरै डेटाहरुबाट निकालिएका एक्युरिसी हुन्छ भनेर विश्वास गर्छ एआईको प्रोसेसलाई अध्ययन गर्दा पोलिसी बनाएर लागु गर्ने बेलामा फलो गरिएन जस्तो लाग्छ ।

किनभने सरकारले सात महिनाभन्दा अगाडि एउटा मस्यौदा ल्याएको थियो सुरुमा एआईसम्बिन्धी त्यो पनि मैले अध्ययन गर्न पाएको थिए । मन्त्रालयको अनिल दत्तको नेतृत्वमा नारायण तिमल्सिना सहितको एउटा टिमले त्यो मस्यौदा ल्याएको थियो । सात महिना अवधि उहाँहरुले अध्ययन गर्नुभयो होला, चिन्तन गर्नुभयो होला पछिल्लो समय कार्यान्वयनमा जाने मस्यौदा ल्याउनुभयो । तर, यसको विज्ञहरुबाट राय लिने समय चाहिँ एकदमै छोटो भए जस्तो लाग्यो । जम्मा सात दिनको समय दिइएको थियो । सात दिनभित्रमा राय बुझाइसक्नुपर्ने अवस्था थियो । एमदम छोटो समय भएकाले सरकारलाई नै सात महिना लागेको मस्यौदा विज्ञहरुले सात दिनमा कसरी दिने । नेपालमा फेरि डेटा प्रणलीहरु एकदमै ध्वस्त छ । चाइएका डेटाहरु व्यवस्थित छैन । अध्ययन गर्नको लागि जे चाइन्छ त्यसको लागि आफैँ फिल्डमा जानुपर्छ । धेरै सरकारी डेटाहरु अव्यवस्थित छ, भद्रगोल छ । बेला बेला साइडहरुमा अट्याग् भइरहेको हुन्छ । त्यो डेटाको बारेमा आधिकारीक जानकारी दिने मान्छो को भनेर कसैलाई थाहा नै हुँदैन । पव्लिक डेटाहरु अव्यवस्थित भएकाले अनुसन्धानका लागि नेपालमा अन्त भन्दा नेपालमा सम्भव छैन । नेपालमा पाँच छ महिना पिपुललाई विज्ञलाई पनि समय दिनुपर्थ्यो अनि कार्यन्वयनको लागि लिएर जानुपर्थ्यो । त्यहाँ चै कमजोरी भएको हो जस्तो मलाई लाग्छ । संसारभरिको एआईको विकासक्रमलाई हेर्ने हो भने सरुमा निजी क्षेत्रहरुले यसको प्रयोग गर्छ अनि बल्ल सरकारले पोलिसी बनाइरहेको अवस्था छ । सोसाइटीभन्दा अगाडि सरकार हुनुपर्ने तर पछाडि पछाडि हिँडिरहेको जस्तो देखिन्छ । सरकारले पोलिसी बनाएर फ्रमभित्र राखेर यसरी यसरी प्रयोग गर्नुस् भनेर बनाउनुपर्ने ठाउँमा अरुले प्रयोग गरिसकेपछि अभिलेखिकरण गर्ने काम मात्र गरिरहेको छ । यस्तो सर्ट टाइममा आएका पोलिसीहरु र एआईका मूलभुत मान्यता सिद्धान्तहरुलाई लत्याएर आएको पोलिसीलाई कार्यन्वयनमा लानलाई अप्ठ्यारो हुन्छ ।

नेपालको अर्थतन्त्र कमजोर छ अब यति सानो बजेटमा कसरी एआईको प्रयोग सम्भव छ ?
एआईको विश्वव्यापी सञ्जाल जति ठुलो भयो त्यति नै यसका एक्युरीसी बढ्ने भएकाले नेपाल सरकारले चायो भने चाहिँ आफैँले इन्भेस्ट गर्नुपर्छ जस्तो मलाई लाग्दैन । नेपाल सरकारले निष्पक्ष भएर संयुक्त अन्तर्राष्ट्रिय अन्तर्गतको (युनेस्को) भन्ने संस्था छ । युनेस्को एआईसम्बन्धी एउटा पोलिसी छ । अन्तर्राष्ट्रिय डोमेनहरुलाई फलो गरेर एआईको सरकारले प्रयोग गर्न सक्छ भन्ने छ । धेरै डोमेनहरु पनि छैन । पारदर्शिता डेमोक्रेसिका अन्तर्राष्ट्रिय मान्यतहरु, मानव अधिकारका कुराहरु छन्, समावेशीका कुराहरु छ । यस्ता चार पाँचवटा कुराहरु युनेस्कोले अंकित गरेको छ । त्यसलाई फलो गर्‍यो भने नेपाल सरकारले एआईमा गर्ने लगानी प्रर्याप्त पाइछ इन्टरनेसनल ग्रान्डहरु अझै पाउँछ । युनेस्कोको नेपाल पनि एउटा हस्ताक्षरकर्ता हो । नेपाल छँदै छ भने त्यसलाई फलो नगर्ने किन ? फलो गर्दा सक्ने कम्पनीहरुले, राष्ट्रहरुले हामी जस्ता अल्पविकसित मुलुकहरुलाई सहयोग गरेर एआईको प्रयोगलाई अगाडि लिएर जानलाई सहयोग गर्छन् । यो आर्थिक समस्या चाहिँ हुँदैन ।

एआईको मुख्य चुनौतीहरुसँगै लाभहरु के के छन् ?
नेपाल जस्तो देशको चुनौती भनेको आइटी क्षेत्रमा चाहिँ निजी क्षेत्र पनि परिपक्व छैनन् । ठुला लगानीकर्ता पनि आइसकेका छैनन् । सरकारले पोलिसी पनि एक्ज्याक्ट नभएकाले जसले काम गरिरहेका छन् । उहाँहरु पनि लुकिछिपी काम गर्नुपर्ने अवस्था छ । यही २०२५ मा नै नेपालको फस्ट इन्डस्ट्री आइटी क्षेत्र क्षेत्र हुनेमा चाहिँ कसैले रोक्दैन । एक खर्बभन्दा माथिको आइटी उद्योग भइसकेको छ । लुकिछिपी भएपनि भइरहेको छ । कृषि, पर्यटन भन्दा पनि आइटी क्षेत्रले उछिनिसकेको छ । चुनौतीमा चाहिँ गोपनियताका कुराहरु र नेपाल सानो मुलुक भएपनि यहाँ धेरै जातीय विविधता छ । भाषिक विविधता छ । लैङ्गिक असमानता छ । महिला र पुरुषको सांस्कृतिक विविधताको समाज छ । यस्ता विषयहरुलाई एआईमा समावेश गर्न हामीलाई चुनौती हुन्छ । अर्कौ चुनौती भनेको नेपाल सरकारले डेटामा बनाएका पोलिसीहरु कार्यन्वयन हुन्छ । डेटा वाहेकका पोलिसीहरु कार्यन्वयन हुँदैन । नेपालको डेटा नेपाल सरकारसँग भन्दा अरु बाहिरका ठुला कम्पनीहरुसँग नेपाल र नेपालीहरुको डेटा छ । त्यसलाई पोलिसी बनाउने बेला नेपालले उ गर्न सक्छ । लाभ चाहिँ विविध क्षेत्रमा, निजी क्षेत्रमा एआईहरु प्रयोग गरेर मुख्य लागत मूल्य घटाउन सक्छौँ । धेरै स्टाफहरुले काम गरिरहेको ठाउँमा थोरै स्टाफहरुले म्यानेज गर्न सकिन्छ । थोरै कस्टमा काम गर्न सकिन्छ । कम खर्चमा अपरेसन खर्चहरु आउन सक्छ ।

अर्का स्वास्थ्य क्षेत्रमा नेपालमा २०४६ सालको परिवर्तन पछि सबैभन्दा धेरै विकास भएको क्षेत्रमध्य स्वास्थ्य क्षेत्रमा पनि एक हो । किनभने त्यतिबेला हाम्रो प्रतिव्यक्ति आयु एकदमै कम थियो । अहिले प्रतिव्यक्ति आयु बढिरहेको छ । यो स्वास्थ्य क्षेत्रमा भएको प्रोग्रेसको कारण हो । एआईलाई राम्रोसँग प्रयोग गर्‍यो भने यसको बारेमा छुट्टाछुटै बस्नुपर्छ । स्वास्थ्य क्षेत्रमा हामी के के गर्न सक्छौँ के के गर्नुपर्छ भनेर हामीले अध्ययन गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगले दुई तीन वर्षभित्रमा प्रतिव्यक्ति आयु ८० वर्षको हाराहारीमा पुर्‍याउन सक्छौँ । हाम्रोमा वातावरणको कुरा पनि आइरहेको छ । मौसम परिवर्तन, हिमाल पग्लिने कुराहरु यस्ता कुराहरुलाई एआईका टुल्सहरु प्रयोग गरेर यसको रेसलाई घटाउन सक्छौँ । त्यसैगरी कृर्षिमा माल्थसले भने जस्तो दिन किन आएन भने टेक्नोलोजिको प्रयोगले साविकभन्दा तीन गुना भयो त्यसैगरी एआईको प्रयोगले कृषि उत्पादन गर्न सक्छ । अर्को कृषि उत्पादन बढाउनका साथै गाउमा बुवाले १० रुपैयाँमा बेचेको काउली काठमाडौँमा ११० रुपैयाँमा किनेर खानुपर्छ । त्यो बीचको ग्यापलाई पनि घटाइदिन सक्छ । त्यो ठाउँमा पनि एआईले काम गर्न सक्छ । सबै सेक्टरहरुमा हाम्रो जिडिपीमा योग्दान गर्ने सबै क्षेत्रहरुमा चाहिँ एआईको अधिकतम प्रयोग गर्‍यो भने उत्पादन बढाउनुपर्ने ठाउँमा उत्पादन बढाउने र नास भइरहेको क्षेत्रमा हामीले कन्ट्रोल गर्न सक्छौँ । त्यसका लागि हामीले काम गर्नुपर्छ । यसको हानीभन्दा लाभ धेरै भएको कारणले यो विश्वव्यापी भएर आएको हो । कुनैपनि चिज लाभभन्दा हानी धेरै भयो भने त्यो विकसित हुँदैन । जस्तो हामी कोरोना माहामारी व्यहोर्नुपर्‍यो । त्यसमा हानी व्यापक धेरै थियो । त्यसलाई हामीले कन्ट्रोल गर्‍यौँ । यसको नकरात्मक पक्षहरु थोरै छ र सकरात्मक पक्षहरु धेरै र लाभ धेरै हुने भएकाले एआईलाई सही रुपमा सदुपयोग गर्नुपर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...