काठमाडौँ, २३ फागुन । सरकारले मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा झापाका अग्निप्रसाद खरेललाई नियुक्ति गरेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा खरेललाई नियुक्ति गरेको जानकारी दिनुभयो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१. २०८१ साल चैत्र २६ देखि २७ (तदनुसार ८ देखि ९ अप्रिल, २०२५) गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने Anti Corruption Global Forum मा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दलाई स्वीकृति प्रदान गर्ने ।
२.थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गते देखि २१ (तदनुसार ३ देखि ५ मार्च, २०२५) गतेसम्म आयोजना हुने Asia–Pacific Regional Preparatory Meeting for the United Nations Food Systems Summit Stocktaking Moment कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा. आरपी विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
३. प्रधानमन्त्रीको मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा अग्निप्रसाद खरेल, झापालाई नियुक्त गर्ने ।
४.सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।
५. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।
६.आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।
७. निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।
८. क) चालु आर्थिक वर्ष २०८१/८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २,८००.६९ न्यूनतम समर्थन मूल्य तोक्ने ।
ख) १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १,२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुत्त आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने ।
९. यही चैत्र ५ देखि ६,२०८१ (तदनुसार १८–१९ मार्च, २०२५) सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११औँ Edition of the Berlin Energy Transition Dialogue मा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने ।
१०. नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिनभित्र सफाई पेश गर्न मौका दिने । सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्राचार गर्ने ।
११. नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई मिति २०८१/११/१८ देखि लागु हुने गरी बढुवा नियुक्त गरी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने ।
१२. सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।
१३. २०८१ फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिसम्बन्धी आयोग (ऋक्ध्) को ६९औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री माननीय नवल किशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।
१४. मिति २०८१ फागुन २९ (तदनुसार १३ मार्च, २०२५) मा बेलायतको लण्डनमा आयोजना हुने Ministerial roundtable event on Útackling water security across the climate–nature–development nexus’ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।
१५. सहसचिव श्री विरेन्द्र कुमार यादबलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने ।
१६. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला); उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति); महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने ।
१७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गरी मधेश प्रदेशमा पदस्थापन गर्ने ।
१८. नेपाल स्वास्थ्य सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत बाह्रौँ तहका डा.विकास देवकोटालाई बढुवा गर्ने ।
१९. राजपत्राङ्कित विशिष्ट श्रेणीका देहायका अधिकृतहरूको देहायबमोजिम सरुवा गर्ने ।