‘जनयुद्धले ल्याएको व्यवस्थामै बसेर सहिदरुको अपमान सैह्य छैन’

26

काठमाडौँ, १४ फागुन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले रम्तेल जस्तैः हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनको मूलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,पौडेलले एमाले–कांग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वभाविक होइन । न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो ?’

उहाँले जनयुद्धकालमै रम्तेललगायतका सहिदहरुको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताहा अभियानको सुरुवत गरेको र आज पनि त्यसैको निरन्तरता स्वरुप देशभर अभियान चलिरहेको पनि बताउनुभयो ।

त्यस्तै,अखिल (क्रान्तिकारी)का सहफ्याक्सन ईन्चार्ज पञ्चा सिंहले दिलबहादुर रम्तेल जस्तैः हजारौँ सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीलेसमेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहनुभएकी सिंहले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिँदै उहाँले भन्नुभयो,‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरुले विरोध गरे पनि जनयुद्धमा बलिदन गर्न सिकाउने बादल कमरेडहरुलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो ?’ केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको धारणा राख्दै उहाँले थप भन्नुभयो,‘रामबहादुरहरुका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबर्दार अति भयो, अब सहन सकिन्न ।’

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले केन्द्रीय सचिव पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया)लाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...