महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्‌भाव बलियो बनाउँछ : सभामुख घिमिरे

67

काठमाडौँ, १४ फागुन । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै यस पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्धत पुग्ने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्छ । यस पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्धत पुगाउने गर्दछ ।’

महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआराधना र तपस्या गरी मनाइन्छ ।

महाशिवरात्रिको विशेष महत्त्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव–पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...