औषधि विज्ञानलाई कमाइ खाने भाँडो बनाइयो : प्रधानमन्त्री ओली

26

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताउनुभएको छ ।

मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको कारण आयुर्वेद वैद्यबाहेक अरुले जान्दैनन् भन्ने बाहाना बनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘औषधि विज्ञानलाई कमाई खाने भाडो बनाइयो त्यसलाई प्रचारको विषय बनाइएन । त्यसैले आयुर्वेद वैद्यबाहेक अरुले जान्दैनन् मात्रा मिलेन भने तलमाथि पर्न सक्छ भन्ने बाहाना बनाइयो । यो गोप्य राखियो र आफ्ना सन्तानले कमाएर खाउन भनेर सन्तानलाई मात्रै सिकाउने र वैद्यको छोरालाई मात्र वैद्य बनाउने, यस प्रकारको चलन चल्यो जसले गर्दा हामी सन्तानमा खुम्चियौँ ।’

अहिले पनि साढे ५४ लाख तिरेर सरकारले विद्यार्थी पढाइराखेको भन्दै स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न नमिल्ने बताउनुभयो । शिक्षा खेलवाड गर्ने थलो नभएको भन्दै प्रधानमन्त्री ओलीले शिक्षाको उन्नतिका लागि व्यविस्थत कदम चाल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न मिल्छ र ? अहिले पनि साढे ५४ लाख सरकारले तिरेर विद्यार्थी पढाइराखेको छ । अनि सरकारले केही गरेन भन्ने ? सरकारले धेरैलाई किन पढाउन सकेन सीमित किन गर्नुपर्‍यो भने हामी विद्यार्थी फि २३ लाख पनि तिर्न पर्ने त्यसको आधा साढे ११ लाख सञ्चालन खर्च पनि सरकारले दिनपर्ने १९ लाख जति फेरि काम गरे वापत पनि दिन पर्ने गर्दा साढे ५४ लाख पुग्छ । नसक्ने कुराहरुभन्दा सक्ने कुराहरु आफैँ तिरेर पढ्न दिन पढ्छ हस्पिटल, इकुमेन्ट सेवा सुविधा, डाक्टर नर्स बढाउनुपर्छ । हामीले सन्तुलन ढंगबाट जानुपर्छ । शिक्षा खेलवाड गर्ने थलो होइन । त्यसको उन्नतिका लागि व्यस्थित कदम चाल्नुपर्छ ।’

उहाँले सरकारले अन्दाधन्दा नभई सोच विचार गरेर देशको पक्षमा, जनतालाई सवल बनाएर अगाडि बढाउने पक्षमा काम गर्ने दाबी गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटनसमेत गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...