काठमाडौँ, १३ फागुन । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसद्माथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले प्रश्न उत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र नभइ सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफ पनि सत्तारुढ पार्टीका सांसदले नदिने गरेको भन्दै यस्तो क्रियाकपाल अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले देखिरहेका छौँ । संसद्माथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको छ । संसदीय समितिबाट पारित विधेयक मन्त्रीबाट संशोधन हुन्छ । संसद्मा विचाराधिन विधेयक फिर्ता समेत नलिएर अध्यादेश जारी हुन्छ । मन्त्रीका होटलमा समितिका बैठक आयोजना गरिन्छ । प्रश्न उत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन, सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफ पनि सरकारले होइन सत्तारुढ पार्टीका सांसदले दिनुहुन्छ ।’
लोकतन्त्रमा हार स्वीकार गर्न नसक्नेले कहिल्यै जित्न पनि नसक्ने उहाँको भनाइ छ ।