लमजुङमा भूकम्पको धक्का

35

लमजुङ, १२ फागुन । लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेँसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो ।

यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक–पटक भूकम्प गएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...