काठमाडौँ, ११ फागुन । उपप्रधानमन्त्री एवम् सहरी विकासन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतबार भौतिक समितिको बैठकमा बोल्नुहुँदै उहाँले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ । सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो । मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ ।’
साथै उहाँले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हामीले हाम्रो मोडल जुन छ यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब अहिले जुन हाम्रो नयाँ सहरको कन्सेप्ट छ जुन काठमाडौँ उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि समय त लाग्छ । तर, काम गर्नको हामी तयार भएर मोडललाई ध्यान दिएर काम गर्नुपर्छ ।’