राज्यले कर्णालीलाई वेवास्ता गरेको छ : डा.शेखर कोइराला

11

काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राज्यले कर्णालीलाई बेवास्ता गरेको बताउनुभएको छ ।

बालुवाटारमा शनिबार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्नुहुँदै उहाँले राज्यले कर्णालीलाई जति महत्त्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन । राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहा हाइड्रोपावरको त्यस्तै राम्रो छ । होमस्टे, जडिबुडीको लागि उतिकै राम्रो छ । तर, जडिबुडी त्यहाबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुँदैन । त्यहा प्रशोधन गर्न राज्य लाग्नुपर्‍र्यो । यार्सागुम्बा प्रशोधन गर्न सक्छौँ । कर्णालीमा धेरै छ ।’

उहाँले नेपाली काङ्ग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताउनुभयो ।

‘नेपाली काङ्ग्रेस तपाईहरु प्रजातन्त्र सेनानीहरुदले बचाउनुभएको हो । तपाईहरु नै हो अब नेपाली काङ्ग्रेसको खम्बा, नेपाली काङ्ग्रेस कमजोर हुँदै छ । अत्यन्त अप्ठ्यारो परिस्थितिमा नेपाली काङ्ग्रेस छ । नेपाली काङ्ग्रेसलाई तपाईहरुले फेरी एकपटक बचाउनुपर्ने छ’ उहाँले भन्नुभयो ।

उहाँले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरुलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...