कलाकार भन्छन्- भ्यालेन्टाइन मनाउने कुनै विशेष दिन कुर्नु पर्दैन

14

काठमाडौँ, २ फागुन । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रुपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रुपमा मनाउने गरेका छन् ।

यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरु दिएर माया दर्शाउने र आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ ।

विशेषगरी प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे भन्नेबित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाइ छ । तर, प्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटसाट गर्ने अवसरका रुपमा लिने गरिएको मिस नेपाल एवम् नायिका नम्रता श्रेष्ठ बताउनुहुन्छ ।

पछिल्लो समय प्रेम दिवस परसंस्कृति भएकाले यसका नाममा विकृति बढेको गुनासोहरु पनि धेरै आउने गरेको छ । तर, श्रेष्ठले यस दिनका राम्रा र नराम्रा कुराहरु भएपनि सबैले त्यसलाई कन्ट्रोल वा ब्यालेन्स गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मेरो सर्कलमा भ्यालेन्टाइन डे मनाएको देखेको छैन । विभिन्न व्यवसायिक ब्राण्डहरुले सोही अनुसारको स्कीम ल्याएर फाइदा लिने गरेका छन् । भ्यालेन्टाइन डे स्पेसल अफर भनेको आफ्नो व्यापार राम्रो गरिरहनुभएको होला । अब प्रेम दिवस मनाउने भनेको प्रेम गर्ने मान्छेहरुसँग मनाउने होला । पार्टनर, श्रीमान्, श्रीमती वा परिवार सबै मिलेर पनि मनाउन सकिन्छ । कन्ट्रोल र ब्यालेन्स गर्नुपर्छ ।’

त्यस्तै, नायक तथा निर्माता सलोन बस्नेतले आफूले पनि प्रेम दिवस मनाउँदै आइरहेको भन्दै प्रेम दिवसको नाममा विकृतिक भयो भन्ने भन्दा पनि राम्रो तरिकाले मनाउन कोसिस गर्नुपर्ने बताउनुभयो । यदि प्रेम दिवसलाई राम्रो तरिकाले मनाउने हो भने माया अझ धेरै गाढा हुने दिन भएको उहाँ बताउनुहुन्छ ।

अभिनेता अंकित खड्का आफूले कहिल्यै पनि प्रेम दिवस नमनाएको र मनाउन आवश्यक पनि नलाग्ने बताउनुहुन्छ । झकिझकाउका साथ भ्यालेन्टाइन्स डे मनाउँदै गर्दा विकृति पैदा चाहिँ नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो,‘म प्रेम दिवस कहिले पनि मनाउने गरेको छैन । मनाउनको लागि आवश्यक पनि लाग्दैन । संस्कृति लिनु राम्रो हो तर कुन लिने कुन नलिने भन्ने कुरा हुन्छ । हामीले के चाहिँ भुल्न हुँदैन भने हामी भ्यालेनटाइनस डे झकिझकाउका साथ मनाउँछौँ । मनाउनुहोस् पनि तर कसरी मनाउने हो । प्रम दिवको निहुमा विकृति पैदा चाहिँ नगर्नुहोस् ।’

अभिनेत्री सरिना मगर पनि आफूले अहिलेसम्म प्रेम दिवस नमनाएको भन्दै माया गर्नका लागि प्रेम दिवस नै कुरिराख्न नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिलेसम्म मैले भ्यालेन्टाइन डे मनाएको छैन । यो हाम्रा लागि हो जस्तो नै लाग्दैन । आफूमा र आफ्नो हेर्ने नजरमा भरपर्ने कुरा हो । यसले खासै विकृति फैलिएको जस्तो लाग्दैन । आफ्नो इच्छाको कुरा पनि हो । कसैले हरेक दिन भ्यालेन्टाइन्स डे मनाइरहेकै हुन्छ । नमनाउनेले कहिले पनि मनाउँदैनन् ।’

Share This:
सम्बन्धित खबर
Loading...