आठ सय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

10

काठमाडौँ, २४ माघ । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८ सय मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मी रावल प्रथम भएका हुन् । विकासले निर्धारित दुरी २ः१०ः११ मिनेटमा पार गरे भने राज्यलक्ष्मीले २ः३५ः३४ मिनेटमा दुरी पार गरेका हुन् ।

यस्तै, मध्यपश्चिमान्चल विश्व विद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ः१३ः९१ र शाहीले २ः५८ः६५ मिनेटमा दुरी पार गरेका थिए । यसैगरी, सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका निपूर्ण चन्द र गण्डकी विश्वविद्यालयकी कृति गिरी तृतीय भएका छन् ।

महिला लङ्जम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी सञ्चिता घिमिरे प्रथम, हिमाली साही मध्यपश्चिमाञ्चल विश्वविद्यालय द्वितीय र त्रिभुवनकी बिना थापा तृतीय भएका छन् ।

यस्तै, पुरुष २०० मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी द्वितीय र काठमाडौँ विश्वविद्यालयका विकास कुमार शाह तृतीय भएका छन् ।

महिला २०० मिटरमा त्रिभुवनका बिना थारु प्रथम र आकृति चौधरी द्विद्धितीय भए भने लुम्बिनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तृतीय भइन् ।

Share This:
सम्बन्धित खबर
Loading...