समाजवाद निर्माण गर्न नसकिए मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम

5

काठमाडौँ, २१ माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गर्नुभएको छ ।

आइतबार राष्ट्रिय सभाको बैठकमा उनले समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिने भन्दै वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् । यदि समाजवाद निर्माण गर्न सकिएन भने । वर्ष तोकियोस् । यति वर्षमा तोकेर समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’

पुँजीवादले समाजवाद जन्माउने भन्दै उहाँले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताउनुभयो । त्यस्तै, उहाँले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...