सरकारले अध्यादेशमार्फत् देश लुट्ने काम गरेको छ : रामकुमार भट्टराई

0

काठमाडौँ, १७ माघ । नेकपा (एकिकृत समाजवादी)का उपमहासचिव रामकुमार भट्टराईले सरकारले अध्यादेशमार्फत् नेपालमा भएको भ्रष्टाचार कालो बजारी ऐनलाई तोडमरोड गरेको बताउनुभएको छ ।

बिहीबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले सरकारले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने ऐनलाई लागु नगर्ने भन्ने नीति ल्याएर जनतालाई दुःख दिने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले अध्यादेशमार्फत् देश लुट्ने काम जुन भएको छ । यसको विरुद्धमा कसरी जान सकिन्छ भन्ने कुरामा पनि पार्टीले सोच पुर्‍याइरहेको छ । हेर्दा अध्यादेश जस्तो देखिन्छ तर यसले के गर्‍यो भन्दा यसले हाम्रो नेपालमा भएको भ्रष्टाचार कालो बजारी ऐनलाई तोडमरोड गर्‍यो । २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने ऐन थियो त्यो ऐन लागु नगर्ने भन्ने नीति ल्याउनेबित्तिकै सिमेन्टको बजारमा ५ सय रुपैयाँ बोराको सिमेन्ट ८५० मा पुग्यो । यसरी महँगी बढाएर जनतालाई दुःख दिने काम सरकारले गरेको छ ।’

यसका साथै उहाँले मुठ्ठीभर व्यापारिका लागि सरकार लागिपरेको हुनाले पनि त्यसको विरुद्धमा जानुपर्छ भनेर लागेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...