विद्युत्‌को ट्रान्सफर्मर खोलेर धातु चोरी

7

रौतहट, १७ माघ । पोलमा जडान गरिएको विद्युत्‌को ट्रान्सफर्मर खोलेर त्यसभित्रका धातु चोरी गर्ने घटना पछिल्लो समयमा बढ्न थालेको छ । रौतहटको गौर नगरपालिका–१ स्थित दाल मिलको लागि जडान गरिएको विद्युत ट्रान्सफर्मर खोलेरभित्र रहेका तामाको धातु चोरी गरी लगेको पाईएको हो ।

११ हजार भोल्ट सप्लाई ट्रान्सफर्मर अज्ञात समूहले तोडफोड गरी भित्र रहेको तामाको क्वाइल चोरी गरेको स्थानीयले बताएका छन् । ट्रान्सफर्मर चोरी भएको घटनाका बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताउनुभयो । उहाँका अनुसार ट्रान्सफर्मर चोरीको घटनामा संलग्नहरूको खोजी भइरहेको छ ।

चोरीको प्रकृति हेर्दा विद्युत्‌सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुन सक्ने उहाँको भनाइ छ । ट्रान्सफर्मर खोल्न आधुनिक उपकरणको प्रयोग भएको हुन सक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।शंकास्पद व्यक्तिहरूलाई खोजी कार्य गर्दै अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

विद्युत्‌को ट्रान्सर्फमरमा महँगो मूल्यको धातु तामा रहने गरेकोले चोर सक्रिय भएको हुन सक्ने स्थानीयको अनुमान छ । यसअघि माधवनारायण र मौलापुर नगरपालिकामा पोलमा जडान गरिएको ट्रान्सफर्मर खोलर फालिएको अवस्थामा फेला परेको थियो । विगत केहीवर्ष यता रौतहटमा विद्युत् ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गइरहेको छ ।

विद्युत् ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गएपछि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...