काठमाडौँ, १ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका जनजातिहरुको समस्या सबै अहिलेसम्म समाधान नभएको बताउनुभएको छ ।
मंगलबार टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्रान्तिमा बोल्नुहुँदै उहाँले नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्त्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्पूर्ण आदिवासी जनजाति समुदायले यो बुझ्नुपर्छ की हाम्रो चाहिँ समस्या अझै पनि समाधान भएको छैन भनेर । तर, नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्त्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ । नेपाल बहुधार्मिक मुलुक भएकाले हाम्रो हरेक चाडमा सार्वजनिक बिदा दिएर यो राज्यले हरेक संस्कृतिका पर्वहरुलाई सम्मान गरेको छ ।’
यसैगरी उहाँले नेपालका आदिवासीहरुको अधिकार सम्पन्न गराउनका लागि नेपालमा बोलिने सबै मातृभाषाहरुलाई समान अधिकार दिइएको बताउनुभयो ।