काठमाडौँ, १४ मंसिर । मतदानको ४८ घन्टा अघिदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्थाअनुसार आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु भएको छ ।
सोही कानुनी प्रावधानअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।
निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै भर्चुअल तथा भौतिक दुवै माध्यमबाट मत माग्ने र प्रभावित गर्ने कार्य गर्न नपाइने जनाएको छ ।
चुनावी विश्लेषणको सामग्री प्रकाशन तथा प्रसारण गरेर कसैले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।