प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट

29

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी रहनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...