काठमाडौँ, १५ असोज । एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विजले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३–२ को जित हात पार्न सफल भएको हो । पहिलो सेट गण्डकीले २५–१५ ले सहज रूपमा जितेको थियो ।
दोस्रो सेटमा कर्णाली खेलमा फर्कियो । कर्णालीले दोस्रो सेट २५–२२ ले जित्यो । तेस्रो सेटमा पनि कर्णाली २५–१७ ले अघि रहेको थियो ।
तर, चौथो सेट भने गण्डकीले जित्यो । सो सेटमा गण्डकी २५–१९ ले रहँदा खेल २–२ को बराबरीमा आयो ।
निर्णायक पाँचौँ सेटमा कर्णाली १५–११ ले अघि रहँदै खेल जित्न सफल भयो ।
यसअघि कर्णालीले सोमबार भएको पहिलो खेलमा मधेस युनाइटेडमाथि ३–१ को जित निकालेको थियो ।
गण्डकीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकीले चितवन शक्तिले ३–१ ले पराजित गरेको थियो । खेल असोज १९ गते हुनेछ ।