काठमाडौँ, १५ असोज । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ । विपद्मा परी २८ जना बेपत्ता छन् ।
प्राकृतिक विपद्मा परेर १४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभ्यो ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिनुभ्यो ।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको समेत उहाँले जानकारी दिनुभ्यो ।