उद्धारका लागि तीन जिल्लामा पठाइयो सेनाको हेलिकोप्टर

57

काठमाडौँ, १२ असोज । गृह मन्त्रालयले प्राकृतिक विपद्‌बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको छ ।

शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकोप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकोप्टर पठाउन सकिएको थिएन,’ उहाँले भन्नुभयो, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा सेनाका हेलिकोप्टर पठाएका छौँ ।’

सेनाको हेलिकोप्टरले शनिबार काठमाडौँ उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको थियो ।

विपद्‌बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्‌मा परेकाहरुको खोज तथा उद्धारमा २० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...