हेटौँडा, १२ असोज । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना खेलाडी पहिरोमा परी बेपत्ता भएका छन् ।
बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी प्रवक्ता सुरश साहले पुष्टि गर्नुभएको छ ।
इन्द्रसरोवर गाउँपालिका ३ स्थित वात्सल्यदेवी उच्च माविमा एन्फाले सञ्चालन गरिरहेको आवासीय प्रशिक्षणमा रहेका अनुप घलान (हेटौँडा), साइमन योञ्जन (मकवानपुर), आदित्य बलपाकी (सर्लाही), रियान्स आचार्य (काठमाडौँ), बिकल रेग्मी (बारा), दिवस बानिया (मकवानपुर) पहिरोमा परेका हुन् ।
उनीहरु बिहान करिब ६ः३० बजे उक्त स्थानबाट अन्यन्त्र जानेक्रममा पहिरोमा परेको एन्फाले जनाएको छ । उनीहरुको खोजी कार्य जारी छ ।