लामो यात्रा गर्दै हुनुहुन्छ ? यी सडक पहिरोले थुनिएका छन्

57

काठमाडौँ, १२ असोज । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भू-भाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् ।

लगातारको वर्षाले काठमाडौँ– नागढुङ्गा–चितवन सडक, काठमाडौँ–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।

यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौँ–हेटौँडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अन्य धेरै सडकखण्डहरु एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् । अविरल वर्षाका कारण लामो दुरीको यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...