रियल मड्रिड विजयी

53

काठमाडौँ, ९ असोज । स्पेनिस ला लिगामा रियल मड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ ।

एम्बापेले लगातार पाँचौँ खेलमा गोल गरेपछि रियल विजयी भएको हो । रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औँ मिनेटमा दोस्रो गोल थपे । रोड्रिगोले ४८औँ मिनेटमा तेस्रो गोल गरे ।

रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे । यी गोल ८५ र ८७औँ मिनेटमा भए ।

रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो ।

मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेले ।

Share This:
सम्बन्धित खबर
Loading...