नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाँक्री

69

काठमाडौँ, ८ असोज । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी उषा भण्डारीलाई सम्मान गरिएको छ ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमकाबीच भण्डारीसहित २०२४ मा स्वर्ण पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले खेल क्षेत्रमा हाम्रो सुरुवात भइरहेको बताउनुभयो । उहाँले नेपाली भलिबल इतिहासमा यो टिमले भलिबलको युगलाई जन्माएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काभा महिला क्लब च्याम्पियनसिपमा जुन स्वर्ण पदक अर्थात् अपराजित यात्राका लागि खेलाडी बहिनीहरुलाई र प्रशिक्षक सबैलाई हार्दिक बधाई छ । यो हाम्रो सुरुवात हो । यो भलिबल राष्ट्रिय खेल हो । एउटा यस्तो युग आउँछ र त्यस्ता व्यक्ति र व्यक्तित्वहरुले युगलाई जन्माएका हुन्छन् । नेपाली भलिबल इतिहासमा यो टिमले भलिबलको युगलाई जीवित र जन्माएको छ ।’

साथै, उहाँले यसरी अपराजित हुँदै आफ्नो जित निकालेको भलिबल टिमले राष्ट्रिय खेल हो भनेर प्रमाणित गरेको बताउनुभयो । उहाँले भलिबललाई अझै उच्च स्थानमा पुर्‍याउनका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...