काठमाडौँ, ३० भदौ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको बक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।
आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यौता असुल गर्नु पर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराउनुभएको हो ।
मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले २२ अर्ब नेपाल विद्युत् प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाउनुभयो । निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘२२ अर्ब नेपाल विद्युत् प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गरे । कुलमानले विद्युत् प्राधिकरणलाई जुन अवस्थामा पुर्याएको छ त्यसको विरुद्धमा लाग्न थाले ।’
अधिवक्ता यज्ञमणि न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायलयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहीन अवस्थामा पुगे पश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेको बताएउनुभयो ।
उहाँले भन्नुभयो,‘जब देश अप्ठ्यारोमा पर्छ तब न्यायलयको ढोका ढकढक्याउनुको विकल्प अरु भएन । विकल्पहीन अवस्थामा पुगेपश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेका हौँ ।’