काठमाडौँ, १६ भदौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले आइतबार बिहान १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।
त्यस्तै, एलपी ग्याँसको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।
अब काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजल तथा मट्टितेलको प्रतिलिटर १५४ रुपैयाँ पर्ने भएको छ ।