हाइड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा ३ जना पक्राउ

29

पोखरा, १५ भदौ । हाइड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाइड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ केभी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलका लागि आवश्यक पर्ने तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा-१४ मझेरीपाटन बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने २६ वर्षीय निशान दर्जीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध प्रहरीले उक्त स्टोरबाट चोरी गरिएका ३३ केभी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलका लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख रुपैयाँ मूल्य बराबरको सामान चोरी गरेको आरोप लगाएको छ ।

उनीहरुले उक्त स्टोरबाट चोरी गरी ल्याएका तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा पोखरा महानगरपालिका १४ चाउथेबाट पक्राउ गरिएको प्रहरीको दाबी छ ।

उनीहरुको साथबाट तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६ किलो तामाको तार र ७ किलो तामाको टुक्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिनुभयो ।

अभियुक्तविरुद्ध कास्की जिल्ला अदालतमा चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...