भ्रष्टाचारको मुद्दामा रवि लामिछानेले भने– नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट

54

काठमाडौँ, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागु गर्न नहुने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजारभन्दा बढी कलहरु आएका छन् , धेरैजसो युवाहरुले फोन गरेका छन्, उनीहरुको भनाइ थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ । म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट । ’

साथै उहाँले दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रकाउ गरेको विषय सह्य नहुने बताउनुभयो । उहाँले दलितहरुले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुने स्पष्ट पार्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...