प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री लेखक

40

जनकपुरधाम, ६ भदौ । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुनेगरी नयाँ कानुन नै बनाउन लागिएको बताउनुभएको छ ।

सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आउनुभएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी सम्बन्धमा नयाँ कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसद‍्मा पेश हुने बताउनुभयो ।

प्रहरीसम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उहाँको दाबी छ । वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने उहाँको भनाइ छ ।

उहाँले राजनीतिक स्थितरता, आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशीतासहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...