कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नु पर्दैन : सभापति देउवा

42

काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)बीच भएको सहमतिमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ । हामीले संविधान संशोधन भनेका छौँ । त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ । अरु पार्टीको खिलाप हुँदै होइन । यो सोचविचार नै गरिएको सहमति हो ।’

साथै उहाँले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताउनुभयो । प्रसंग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गर्नुभयो ।

साथै उहाँले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिनुभयो ।

‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन । किताबले मलाई फाइदा भएको होला । धन्यवाद दिन चाहन्छु’, देउवाले भन्नुभयो । कार्यक्रममा देउवाभन्दा अगाडि मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...