गीत र संगीतमा राजनीति घुम्न थाल्यो : गगन थापा

66

काठमाडौँ, ३२ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले हामी राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा गीत, संगीत, कला जे भनेपनि सबै यतिधेरै राजनीतिक गतिविधिको वरिपरि धुम्न थालेको छ । राजनीतिभन्दा पर जान सकिरहेको छैन । सामाजिक सञ्जालमा पनि यसमै टिप्पणी भइरहेको हुन्छ । त्यसकारण रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्छु भनेर ठान्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्न सकिन्छ । किनकी अझै पनि रेडियोको ठुलो बजार छ ।’

यसका साथै उहाँले रेडियो चुनौतीपूर्ण भएपनि नयाँ कुराहरुको सुरुवात यहीबाट गर्न सकिने भन्दै नयाँ पुस्ताहरुलाई नयाँ जोशका साथ काम गर्न आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...