काठमाडौँ, ३० साउन । अभियन्ता डा.निकोलस भुसालले पुराना नेताहरुको विकल्प खोज्न आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार माइतीघर मण्डलामा भएको आन्दोलनमा उहाँले विगत धेरै वर्षदेखि यहीँ दुई चार जना नेताहरुले शासन गरिरहेको भन्दै उनीहरुको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई ३०, ४० वर्षदेखि यही दुई चार जना नेताहरुले शासन गरिरहेको छ यसलाई रोक्नुपर्छ । यिनीहरुको विकल्प हामीले अब खोज्नुपर्छ ।’
यसका साथै, उहाँले नेपाल अवसर नै अवसरको देश भएको भन्दै अब सबैजना मिलेर यसलाई बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो देश अवसर नै अवसरको देश हो । हामी उठ्नुपर्छ भनेर हामी लागि परेका छौँ । यो आन्दोलनलाई सबैले साथ दिएको छ । विस्तारै विस्तारै हाम्रो आन्दोलन बढ्दै छ । कांग्रेस एमालेबाट दिक्क भएर पनि धेरै जना आन्दोलनमा सहभागि हुनुभएको छ ।’