‘सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौँ’

38

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गर्नुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्य मान्यताहरुलाई जीवन पद्धतिको रुपमा अबलम्वन गरेर सुशासनका निम्ति भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौँ ।’

साथै उहाँले लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा अबलम्वन गर्न कसैको फरक मत नरहने उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रका विरुद्धमा केही प्रवृतिहरु देखा पर्न गएको समेत बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...