युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण : शशांक कोइराला

22

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालमा नै युवाहरुको विवेकलाई प्रयोग गरेर उनीहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवाहरुलाई म के भन्न चाहन्छु भने विवेक प्रयोग गर । मान्छेको विवेक हुन्छ, अनि न उसले सजिलोसँग निर्णय गर्न सक्छ । विवेकहीन भयो भने त पशुसरह हो नी । आजभोली युवाहरु धेरैजस्तो पढ्छन् र विदेश जान्छन् । हामीले नेपालमा नै उनीहरुलाई किन राख्न नसकेको ? सत्र लाख हेक्टर जमिन खेति योग्य छ । त्यसले तीन करोड होइन ३० करोड जनतालाई खुवाउन सक्छ । तर, आज हामी बाहिरबाट पनि ल्याउछौँ । यहाँ उब्जाउँदैनौँ । खेत बाँझो छ ।’

उहाँले राष्ट्रको भविष्य नै युवाहरुको हातमा रहेको भन्दै युवाहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको भविष्य नै युवाहरुको हातमा छ । युवाहरुलाई कसरी प्रयोग गर्ने सोच्नुपर्छ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा ५० वर्षभन्दा तलको उमेरको एक जना पनि सदस्य छैन । हामीले कसरी आकर्षित गर्ने ल्याउनुपर्छ नि भविष्य उनीहरुको हातमा छ । हामी त बुढो भइसक्यौँ । त्यसैले युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...