युवाहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले सीप र प्रोत्साहन दिनुपर्छ : क्षितिज थेबे

32

काठमाडौँ, २८ साउन । राष्ट्रिय युवा संघ नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सोही क्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले अब पनि राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेनौँ भने देश विकास हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवाहरुको सोचलाई लिएर राज्य अगाडि बढ्नुपर्छ । अब पनि हामीले राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेनौँ भने देश फेरि पनि सोचेको जस्तो विकासको बाटोमा अगाडि बढ्न सक्दैन । अब राजनीतिक स्थिरताको लागि कुनै एक पार्टीले बहुमत ल्याउने अवस्थामा पुग्नुपर्छ ।’

युवाहरु सकारात्मक सोच, सन्देश र जागरको साथ देश बनाउनको लागि अगाडि बढ्नुपर्ने पनि उहाँको भनाइ छ । यसको साथै उहाँले नेपालमा रोजगारीको कमीले युवाहरु बाहिरिनु परेको भन्दै युवाहरुलाई रोक्नका लागि सीपको विकास गर्न तालिमहरुको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकासको क्रममा युवाहरुको विचारलाई पनि समेटेर जानुपर्छ । विश्वशान्ति स्थापना गर्नको लागि युवाहरु पनि लाग्नुपर्छ भनेर अन्तराष्ट्रिय युवा दिवसको सुरुवात भएको हो । नेपालमा रोजगारीको कमप्ले गर्दा युवाहरु बाहिरिनु परेको छ । तत्काल व्यवस्थित रोजगार गर्न नसकेको कारणले पनि युवाहरु बाहिरिनु परेको हो । यसलाई रोक्नको लागि युवाहरु सीपको विकास गर्ने तालिमहरुको व्यवस्था गर्नुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...