विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या पनि उच्च छ : उपप्रमुख डंगोल

19

काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताउनुभएको छ ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उहाँले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशिने युवाहरुको जमात बढ्दो छ । सँगसँगै विदेशबाट स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पुँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’

साथै उहाँले युवाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुको लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताउनुभयो ।‘धेरै जना युवाहरु उच्च शिक्षाका लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो समय यो सपना युवाको मात्र होइन एउटा परिवार, समाजको पनि सपना भैइसकेको छ । त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...