देशलाई सिस्टममा लैजान युवाको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

23

काठमाडौँ, २७ साउन । उपप्रधान एवम् सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभइ सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनका लागि धेरै ठुलो भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘समाज परिवर्तनमा युवाहरुको भूमिका धेरै छ । युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेका छैनन्, सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनका लागि युवाहरुको भूमिका धेरै ठुलो हुने भएका कारण सबै जिम्मेवारीहरुलाई ख्याला राखेर आगामि दिनमा राम्रो गर्दै जानुपर्छ ।’

उहाँले प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा भएका कमजोरीलाई सुधार्न आवश्यक रहेको बताउनुभयो ।

‘हामीले राजनीतिक अधिकार पाइसकेका छौँ । संविधानपछि प्राप्त गरेका जुन अधिकारहरु छन् । ती अधिकारहरुलाई अब सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा केही कमि कमजोरी भएको छ भने सुधार्न आवश्यक छ ’उहाँले भन्नुभयो ।

देशको सुधार र परिवर्तनमा एक अर्कालाई आरोप लगाएर मात्र समाज र देशको अवस्था नसुध्रिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...