माओवादीको स्थायी कमिटी बैठकका लागि चार एजेण्डा तय

25

काठमाडौँ, २५ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकका लागि चार एजेण्डा तय भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुत भएको र भोलिदेखि एजेण्डामा छलफल सुरू हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको पनि जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठानिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डा तय भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

करिब ९ वर्षपछि प्रतिपक्ष भूमिकामा पुगेको माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिने छ । जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...